सिन्धुपाल्चोक । सत्यतथ्य समाचार सम्प्रेषण गरेपछि आफ्नो चरित्रहत्या गर्ने नियतले सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिइएको भन्दै पत्रकार निशान परियारले प्रहरीमा उजुरी दिएका छन्।
समाचार प्रकाशन तथा प्रसारण भएपछि उनको फेसबुक पोस्टमा व्यक्तिगत जीवन, पत्रकारिता पेसा र परिवारलाई समेत लक्षित गरी गम्भीर आँच पुर्याउने किसिमका आपत्तिजनक टिप्पणीहरू गरिएका थिए। गालीगलौजका साथै पारिवारिक दबाब र धम्की आउन थालेपछि पत्रकार परियारले आइतबार इलाका प्रहरी कार्यालय बाह्रबीसेमा उजुरी दर्ता गराएका हुन्।
उजुरीमा सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने, चरित्रहत्या गर्ने र मानसिक दबाब तथा धम्की दिने व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही गर्न माग गरिएको छ। घटनाबारे आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ।













