सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना कालदेखि नै सिन्धुपाल्चोक क्षेत्र नं. १ मा संगठन विस्तारमा सक्रिय उमेश लामा पदमा नरहँदा पनि पार्टी निर्माण र जनसेवामा निरन्तर खटिँदै आउनुभएको छ।
दुई कार्यकाल क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्नुभएका लामा हाल पार्टीको क्रियाशील सदस्यका रूपमा रहनुभएको छ। करिब छ महिनाअघि सम्पन्न निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट भरतप्रसाद पराजुलीलाई विजयी गराउन उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएको भन्दै गरिएको बालुवाटार घेराउमा सहभागी हुँदा प्रहरी हिरासतमा समेत पर्नुभएका लामा पार्टीका गतिविधिमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। उहाँले सिन्धुपाल्चोकमा हस्ताक्षर अभियान सञ्चालन गर्नुका साथै रसुवामा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा सहयोगका लागि समेत सक्रियता देखाउनुभएको छ।
पदमा रहँदा मात्र नभई पदबाहिर हुँदा पनि संगठन र जनताको पक्षमा सक्रिय रहनुलाई उहाँको राजनीतिक प्रतिबद्धताका रूपमा हेरिएको छ।आगामी दिनमा रास्वपालाई अझ सशक्त, व्यवस्थित र जनमुखी बनाउन योगदान दिने लामाको प्रतिबद्धता छ। उहाँको निरन्तर सक्रियताले संगठन निर्माण र जनसेवामा पदभन्दा पनि काम र प्रतिबद्धताको महत्त्वलाई उजागर गरेको छ।













