सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा बैठक बसेको हो । रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकमा दोस्रो तहका नेता सहभागी छन् ।
रसुवाको भोटेकोसी नदीमा भीषण बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गते रास्वपा सभापति रवि लामिछानेको संयोजकत्वमा सर्वदलीय बैठक बसेको थियो ।

उक्त उक्त बैठकबाट विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका काम–कारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न एक संसदीय समिति (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठन गर्ने निर्णय गरिएको थियो । आजको बैठकमा यही विषयमा छलफल गरी प्रक्रिया अगाडि बढाइने रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले जानकारी दिए ।








