नेपाली बजारमा आज सुनको मूल्य ६ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
बिहीबार २ लाख ७७ हजार ३ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ ।









