नेपाली बजारमा मंगलबार (असार १६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७७ हजार ९०० रुपैयाँ कायम छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार २८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।









