बिहीबार सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ तोकेको छ ।
सुनको मूल्य ओरालो लागिरहेको छ । एक साताकै अवधिमा सुनको भाउ १८ हजार ९ सय रुपैयाँ घटेको छ ।

गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ थियो । त्यस्तै चाँदी आज तोलामा २५० रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार २३५ रुपैयाँमा कायम भएको छ ।








