काठमाडौं-गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर रहेको नयाँ आधुनिक लभ गीत सार्वजनिक भएको छ। गीतमा बिमल अधिकारीको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन आदित्य फुकनले गरेका छन्।

गीतको रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन् भने रेकर्डिस्टको रूपमा खुमन राना र सुमन राना रहेका छन्। अडियो तथा भिडियो लोक चौतारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियोतर्फ निरेन श्रेष्ठको निर्देशन रहेको छ भने सहायक निर्देशकको जिम्मेवारी नितिन वाइबाले सम्हालेका छन्। भिडियोमा निरेन श्रेष्ठ र प्रेमिता श्रेष्ठको अभिनय देख्न सकिन्छ।
त्यस्तै, छायांकन सुनील भण्डारी र सौगत श्रेष्ठले गरेका छन्। भिडियो सम्पादन तथा रंग संयोजन राजकुमार मगरले गरेका हुन् भने मेकअप आर्टिस्टको रूपमा कविता तोलाङ्गी रहेकी छन्।
सार्वजनिक गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको निर्माण पक्षले जनाएको छ।








