नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेर २ लाख ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३५ रूपैयाँले घटेर चाँदी ४ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








