काठमाडौं । सोमबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ ।
चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ मूल्य बढेको हो । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ तोकेको छ ।







