आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कायम भएको छ ।
सुनको भाउ घटे पनि आज चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ प्रतितोला चाँदी महँगिएको हो । अघिल्लो दिन ५ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३ सय रुपैयाँ पुगेको छ ।







