नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको हो।
आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ११५ रुपैयाँ कायम गरिएको छ।चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ।

आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार ५२३ रुपैयाँ रहेको छ।






