नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बढेकाे छ। आज सुन तोलामा एक हजार ८०० रुपैयाँले र चाँदी तोलामा १०० रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ।
बिहीबार चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।







