राष्ट्रपतिद्वारा सहकारी (पहिलो संशोधन) अध्यादेश जारी
ओके टि भि नेपाल
२०८३ बैशाख १७, बिहीबार १६:४५
Shares
राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।