काठमाडौं । दुई दिनमा सुनको भाउ तोलामा ६ हजार रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँ घटेको सुन आज फेरि ३ हजार घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।
बुधबार ३ लाख ५ सय रुपैयाँमै सुनको कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९१५ रुपैयाँमा झरेको छ ।













