सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख रुपैयाँ नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएङ्को छ।
आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ।सुनसँगै आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ।आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।














