नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ८०० रुपैयाँले घट्दै २ लाख ९८ हजार ७०० रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले घट्दै ५ हजार २० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।














