नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बसेको यो दोस्रोपटक हो ।गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो ।
पार्टी कार्यालय च्यासलमा आज आज जारी बैठकमा पार्टीका आगामी कार्यक्रमबारे छलफल हुने एक नेताले जानकारी दिए । संसदीय दलको नेता चयनको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएकाले एमाले दलको नेता चयनको तयारीमा छ ।








