कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त विरोध प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विरोधमा दुबै दलले सयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।
कञ्चनपुर लेखकको गृहजिल्ला हो । कञ्चनपुरको महेन्द्रनगरमा सरकारविरुद्ध नाराबाजी गर्दै टायर बालेर विरोध जनाइएको छ ।

प्रदर्शनमा ओली र लेखकलाई रिहाइ गर्न माग गरिएको छ । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरीले आज पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गरेको छ ।








