नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनबाट निर्वाचित हुने रास्वपा र त्यसको नेतृत्वलाई बधाई दिएका छन् ।
केन्द्रीय समितिको बैठकमा बोल्दै रास्वपा र त्यसको नेतृत्वलाई बधाई दिएका हुन् ।

सरकारसँग बढी तागत भएको बेलामा प्रतिपक्षको पनि जिम्मेवारी हुने बताउँदै नयाँ भूमिका आफूहरुले पनि प्राप्त गरेको बताए । उनले सरकारको गतिमा कांग्रेसको साथ रहने बताए । “पाँच वर्ष मुलुक दुर्घटनामा पर्न हुँदैन । सरकारले पाँच वर्ष पूरा गर्नुपर्छ,” थापाले भने ।








