सिन्धुपाल्चोक । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरत पराजुली विजयी भएका छन्। उनले २४ हजार ४१२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा ले १७ हजार ३२७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे।

यसैगरी नेकपा (एमाले) का सरेश नेपाल तेस्रो स्थानमा रहे। उनले ११ हजार ९६१ मत प्राप्त गरे।
त्यस्तै नेपाली कांग्रेस चौथो स्थानमा सीमित भयो। कांग्रेसका जिल्ला सभापति समेत रहेका जंगबहादुर लामा ले ११ हजार २९३ मत प्राप्त गरेका छन्।













