नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचन सार्ने विभिन्न बहानाहरू भइरहेको भन्दै तोकिएकै समय (फागुन २१) मा निर्वाचन हुनुपर्ने बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एमाले निर्वाचन प्रचारप्रसार संयोजक मीन बहादुर शाहीले निर्वाचनबारे एमालेप्रति लहर बढ्दै गएको भन्दै तोकिएकै मितिमा चुनाव हुनुपर्ने बताएका हुन् ।
‘मुलुक निर्वाचनमा होमिएको बेला, एमालेप्रति जनताको आकर्षण बढेको बेला निर्वाचन सार्ने हल्ला चलेकोप्रति एमालेको आपत्ति छ’, शाहीले भने, ‘निर्वाचन समयमा हुनुपर्दछ ।’प्रतिनिधि सभा पुनस्थार्पनाप्रति एमालेको अडान कायमै रहेको भन्दै उक्त मुद्दामा सर्वोच्च अदालतले फैसला गर्न ढिलाइ गरेकोमा असन्तुष्टि जनाएको छ ।














