नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। सोमबार प्रतितोल तीन हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ प्रतितोला आज एक हजार तीन सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य भने घटेको छ।चाँदी मंगलबार पाँच हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।













