नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ र सोमबार तीन हजार दुई सय गरी यो दुई दिनमा सुनको भाउ प्रतितोला आठ हजार आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय रूपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य पनि बढेको छ।चाँदी सोमबार पाँच हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७० रूपैयाँ बढेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













