नेपाली बजारमा आज (बुधबार) पनि सुन-चाँदीको मूल्य घटेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार सय रूपैयाँ पुगेको छ।
बुधबार चाँदीको मूल्य पनि घटेको छ।चाँदी बुधबार चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













