राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन् ।सोमबार ललितपुरमा आयोजना गरिएको घरदैलो कार्यक्रममा बोल्दै खरेलले यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा रास्वपाले १५१ सिटको लक्ष्य राखेको बताए ।
‘यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा हामीले १५१ सिटको लक्ष्य राखेका छौं । यसपटक रास्वपाको एकलौटी सरकार बन्दैछ,’ ।

उनले फागुन २१ गतेको चुनावले सरकार, संसद मात्र बनाउने नभइ नेपालको भाग्य र भविष्यको समेत परिवर्तन गर्ने आधारशिला तयार पारेको बताए । खरेलले ललितपुरका तीनवटै क्षेत्रमा रास्वपाले जित्ते दाबी समेत गरे ।













