राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक–२०८१ पारित भएको छ ।बुधबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो ।














