नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला तीन हजार सात सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा १४ हजार चार सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ।मंगलबार तोलामा पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ६५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













