ललितपुर । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. १ मा युवा उद्यमी पदमकुमार तामाङलाई उम्मेदवार बनाएको छ। मंगलबार तामाङले ललितपुर–१ बाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
तामाङ ललितपुरको ‘कर्णाली’ भनेर चिनिने महांकाल गाउँपालिका वडा नं. ६ का स्थायी बासिन्दा हुन्। सफल युवा व्यवसायीका रूपमा परिचित तामाङले राजनीतिमा युवाको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्दै क्षेत्रको समग्र विकासका लागि आफ्नो उम्मेदवारी अघि सारेको बताए।

उनले शिक्षा, रोजगारी, उद्यमशीलता प्रवर्द्धन तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उम्मेदवारी दर्तासँगै ललितपुर–१ मा चुनावी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।






