सिन्धुपाल्चोक । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिन्धुपाल्चोक क्षेत्र नं. २ मा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् । उम्मेदवार छनोटसँगै यस क्षेत्रको राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ भने चुनावी माहोल थप गर्मिएको छ।
नेकपा (एमाले) बाट पूर्वमन्त्री शेरबहादुर तामाङ उम्मेदवार चयन भएका छन् । त्यस्तै, नेपाली कांग्रेसले बंशलाल तामाङ लाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको छ।

नेपाल कम्युनिस्ट पार्टीबाट युवराज दुलाल उम्मेदवार बनेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अजय श्रेष्ठ लाई उम्मेदवारको रूपमा अघि सारेको छ।
उम्मेदवारहरूको टुंगो लागेसँगै दलहरू संगठन विस्तार, घरदैलो अभियान, जनसम्पर्क तथा चुनावी रणनीति निर्माणमा सक्रिय देखिएका छन् । क्षेत्र नं. २ मा पुराना र नयाँ राजनीतिक शक्तिबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलि उम्मेदवारहरू मनोनयनका लागि चौतारा जाने कार्यक्रम रहेको छ। मनोनयनपछि चुनावी प्रचार–प्रसार अझै तीव्र हुने छ।






