काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ।शुक्रबार बसेको आयोगको बैठकले उक्त विशेष महाधिवेशनलाई कानून र पार्टी विधानअनुसार भएको ठहर गर्दै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।
आयोगको यस निर्णयसँगै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापाको नेतृत्वमा गएको छ। अब कांग्रेसको झण्डा र रुख चिन्ह गगन थापा पक्षधर समितिको अधीनमा रहने भएको छ।

यससँगै गगन थापा नेपाली कांग्रेसका आधिकारिक सभापति बनेका छन् भने उनकै नेतृत्वमा पार्टीका आगामी गतिविधि सञ्चालन हुनेछन्। प्रत्यक्ष उम्मेदवार मनोनयन लगायतका सम्पूर्ण संगठनात्मक तथा निर्वाचनसम्बन्धी काम पनि गगन थापाकै नेतृत्वमा अघि बढ्ने जनाइएको छ।
उक्त निर्णयपछि शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो कार्यसमिति स्वतः अमान्य भएको आयोगले जनाएको छ।






