सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी बलेफी गाउँपालिका वडा नं. ५ को वडा भेला बलेफी बजारमा सम्पन्न भएको छ। जिल्ला तहका नेताहरूको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ वडा समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
भेलाबाट रमेश पौडेल वडा सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी उपसभापतिमा मोहन सेवा, सचिवमा निमा तामाङ र कोषाध्यक्षमा बिमला पौडेल अधिकारी चयन भएका छन्।

नवगठित वडा समितिको सदस्यहरूमा बसन्त नेपाल, रूपक नेपाल, लिलाबहादुर नेपाली र सरस्वती तिमल्सिना नेपाल निर्वाचित भएका छन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले संगठन सुदृढीकरण, जनताको पक्षमा काम गर्ने प्रतिबद्धता तथा आगामी दिनमा पार्टीलाई स्थानीय तहमा अझ प्रभावकारी बनाउँदै लैजाने विषयमा जोड दिएका थिए।
भेलामा स्थानीय कार्यकर्ता तथा पार्टी समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।













