नेपाली कांग्रेसमा चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशनको आह्वानको तयारी गरेपछि संस्थापन पक्षका नेताहरूले देउवालाई भेटेका हुन् ।
आज बिहान महाराजगन्ज पुगेका नेताहरूसँग देउवाले आफू पार्टी नफुटोस् भन्नेमा सचेत रहेको बताएको एक केन्द्रीय सदस्यले बताए । ‘हामीले पार्टी अप्ठ्यारो अवस्थामा छ । मिलाएर अघि बढ्नको लागि भूमिका खेल्नुस् भनेर ध्यानाकर्षण गरायौँ । उहाँले आफू पार्टी विभाजन नहोस् भन्ने चाहनामा रहेको बताउनुभयो ।’







