नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा पुन: निर्वाचित केपी शर्मा ओलीले शपथ लिँदैछन् ।
अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओली तेस्रो पटक पार्टीको अध्यक्षमा निर्वाचित भएका ओलीले पार्टी विधान अनुसार पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

शपथ अघि महाधिवेशन आयोजनास्थल भृकुटीमण्डपमा अहिले ओलीसहित निर्वाचित पदाधिकारीलाई नेता, कार्यकर्ताले माला तथा खादा लगाएर बधाई दिइरहेका छन् ।
अध्यक्ष ओलीले शपथ ग्रहण गरेपछि उनले अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ गराउनेछन् ।






