जे–जी युवा र नेकपा एमालेका कार्यकर्ताबीच झडपपछि बाराको सिमरामा कर्फ्यु जारी गरिएको छ ।आज विमानस्थल क्षेत्रमा जेन–जी र राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सिमरा विमानस्थल क्षेत्रको आसपास ५०० मिटर वरिपरि तोकेर कर्फ्यु जारी गरिएको हो ।मधेश जागरणमा कार्यक्रम कार्यक्रमका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेललगायत नेताहरू आउने थाहा पाएपछि उनीहरूलाई रोक्न विमानस्थलमा जेन–जी र विभिन्न दलका कार्यकर्ताले प्रदर्शन गरेपछि स्थिति बिग्रिएको जनाइएको छ ।















