राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ । उनलाई आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रसाईँलाई गएइराति भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीलाई पक्राउ गरेको थियो । आन्दोलन घोषणा गरेर भड्कापूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको हो।














