नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुन: सक्रिय भएका छन्।थप उपचार गरी सिंगापुर गएका देउवा कात्तिक २८ गते स्वदेश फर्केका थिए।स्वदेश फर्केपछि सभापति देउवाले पार्टीभित्रका मतभेद समाधान गर्न पहल थालेका हुन्।सभापति देउवाले शनिबार साँझ आफूनिकट केही पदाधिकारी र केही केन्द्रीय सदस्यहरूसँग भेटेका थिए।
साथै सभापति देउवाले आज महामन्त्री विश्वप्रकाश शर्मासँग भेटेका छन्।नेताहरूसँग भेटका क्रममा सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउने गरेका छन्।‘सभापतिज्यूले नेताहरूसँग भेट गर्नुभएको छ,’ प्रवक्ता प्रकाशशरण महतले भने, ‘एकताबद्ध भएर चुनावमा लाग्नुपर्छ भन्ने कुरा उहाँको छ।’

महाधिवेशन तिथिमितिलगायत विषयमा भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नै नेताहरूसँग छलफल गरेर सहमति खोज्ने प्रयास गरिरहेका छन्।













