ओमानको अल अमेरातमा भएको आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई रोमाञ्चक खेलमा एक रनले पराजित गरेको छ।
कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। जवाफी ब्याटिङमा युएईले ८ विकेट गुमाएर १३९ रनमै सीमित भयो।

शीर्षक्रमले राम्रो प्रदर्शन गरे पनि नेपालका मध्यक्रमका ब्याटरहरू रन बनाउन असफल रहे। यस जितसँगै नेपाल सुपर–६ मा बलियो स्थितिमा पुगेको छ।













