ओमानमा जारी टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल नेपाली समयअनुसार आज दिउँसो ४:१५ बजे हुनेछ ।
यूएई समूह ‘ए’ र नेपाल समूह ‘बी’को विजेता हुँदै सुपर सिक्समा पुगेका हुन् । यी दुवै प्रतियोगिताका अपराजित टोली हुन् ।

त्यसअघि बिहान ११:४५ बजे सुपर सिक्सको पहिलो खेलमा ओमान र कतार प्रतिस्पर्धा गर्दै छन् ।













