नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालै नेतृत्व नछाड्ने संकेत गरेका छन्।
पार्टीभित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका हुन्।

त्यतिमात्र होइन उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने संकेत गरेको एक नेताले बताए।
जेन–जी विद्रोहका कारण सत्ताच्युत भएपछि ओली अहिले गुन्डुमा डेरा गरी बसेका छन्। पार्टीका गतिविधि पनि गुन्डुस्थिति आफ्नै निवासबाट गरिरहेका छन्।
ओलीले सचिवालय र केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा मंगलबार गण्डकी प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा सम्बोधन गरेका थिए। उनले प्रदेश प्रदेशका इन्चार्ज र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा छुट्टाछुट्टै सम्बोधन गरिरहेका छन्।
केन्द्रीय कमिटी बैठक २७, २८, २९ गते बस्दैछ।
‘पार्टीको शिर निहुरन कहिले पनि दिन्नँ, सक्रियताको हिसाबले दिन्नँ, इमानले दिन्नँ, विचारले दिन्नँ,’ उनको स्पष्ट सन्देश थियो।
उनले अगाडि भने, ‘कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ। अडानको हिसाबले, दृष्टिकोणको हिसाबले कुनै पनि हिसाबले महसुस हुन दिन्नँ,’ उनले भने।
उनले शारीरिक रूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने पनि बताए।
‘जबसम्म म सक्छु, तबसम्म, सक्न छाडेपछि छोड्दिन्छु।













