नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो समयमा गुट जोगाउने काममा नलागी विवेक जगाउने कार्यमा लाग्नुपर्ने बताएका छन् ।
सप्तरीमा पार्टी कार्यालयको अवलोकनपछि महामन्त्री शर्माले अब पुरानो भावनाको कांग्रेस नवीन संभावना सहितको हुनुपर्ने बताएका छन् ।

‘लोकतन्त्र र संविधाननै खतरामा परेको बेला तपाईंले जोगाउने गुट होइन, तपाईं–हामीले जोगाउने र जगाउने विवेक हो,’ महामन्त्री शर्माले भने । विवेकको जगमा पार्टी, लोकतन्त्र र देशलाई उभ्याउनुपर्ने उनले बताए ।
नेता कार्यकर्तालाई महामन्त्री शर्माले यो बेला दाइ, भाउजू, काका, काकीले भनेकै कुरालाई आफ्नो विचार नबनाउन आग्रह गरे ।













