नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ।
‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन,’ बैठकले गरेको निर्णयबारे प्रवक्ता प्रकाश ज्वालाले भने ‘प्रधानमन्त्री र गृहमन्त्री दुवैले राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग हो।’

सोमबारको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता ज्वालाले जानकारी दिएका छन्।
एकीकृत समाजवादी बैठकले बन्द भएका सामाजिक सञ्जालका प्लेटफर्महरू तत्काल खोल्न पनि माग गरेको छ।
सामाजिक सञ्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासनविरोधी आन्दोलनको रूपमा अघि बढेको कुरा जायज रहेको सचिवालय बैठकको ठहर छ।













