नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीको पार्टी सदस्यताको विषय विधान महाधिवेशनमा छलफल नहुने बताएका छन्।
शुक्रबारदेखि गोदावरीमा सुरू भएको एमाले विधान महाधिवेशको उद्घाटन गर्दै अध्यक्ष ओलीले विद्या भण्डारीलाई लक्ष्य गर्दै विधान महाधिवेशनसँग सम्बन्धित विषयमा मात्रै छलफल हुने बताएका हुन्।

ती विषय पार्टीको अरू कमिटीमा छलफल हुने पनि अध्यक्ष ओलीले बताए।
‘ती विषय विधान महाधिवेशनसँग सबन्धित होइनन्। ती प्रश्नहरू कमिटीगत छलफलका विषय हुन्। सचिवालय, स्थायी कमिटी पोलिटब्युरो वा केन्द्रीय कमिटीले छलफल गर्दै जानेछ,’ उनले भने, ‘विधान महाधिवेशन विषय केन्द्रीत भएर अगाडि बढ्नेछ।’
प्रधानमन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका कतिपय विषयहरू अनावश्यक ढंगले संवेदनशील बनाइएको छ।
उनले राजनीति, सांगठानिक र विधानसँग सम्बन्धित प्रस्ताव प्रस्तुतपछि समूह बनाएर छलफल गरिने र सोही छलफलमा त्यस्ता विषयहरू राख्न सकिने तर विधान महाधिवेशनले नै त्यसलाई छलफलको विषय नबनाउने बताएका हुन्।













