प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत बर्खास्ती र नियुक्ति गर्ने गरेको बताएका छन्।
राष्ट्रिय सूचना आयोगले मंगलबार गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अदालतलाई झोक चल्दा भने बर्खास्ती र नियुक्तिसमेत गरेको ताजा अनुभव आफूसँग रहेको बताए।

‘प्रधानमन्त्री संसदबाट चुनिन्छ। चुनिएर बन्छ। कहिले कहिले अदालतले झोक चल्दा बाहेक संसदले हटाउँछ। अब अदालतलाई नै झोक चल्यो भने त कसको के लाग्छ ? अदालतले नै ठोकिदिन्छ, प्रधानमन्त्री त बर्खास्ती गरिदिएँ। प्रधानमन्त्री संसदबाटै निर्वाचित हुन्छ। कहिले कहिले संसदलाई ज्वरो आएका बेलामा बाहेक। कहिले कहिले त फलानोलाई नियुक्ति गरिदिएको छु भनेर पनि ठोकिदिँदो रहेछ, अदालतले,’ ।
ओली प्रधानमन्त्री भएका बेला संसद विघटन गरेकोले उक्त निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएको थियो।













