काठमाडौं ।रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनपछि कारागार व्यवस्थापन विभागले शुक्रबार रुपन्देही कारागारलाई पत्र पठाएर स्थानान्तरणको तयारी गर्न आदेश दिएको हो।

विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार लामिछानेको मागअनुसार नक्खु कारागारमा सरुवा गर्ने निर्णय गरिएको छ र जिल्ला कारागारले सुरक्षा व्यवस्था मिलाएर स्थानान्तरण गर्नेछ।
यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेको सरुवा भने भएको थिएन । उनी हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् ।













