नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक रूपले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पदमा बस्ने अधिकार नभएको बताएका छन्।
अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै अब खतिवडाले राजीनामा दिनुपर्ने बताए।

उनले भने, ‘नैतिक रूपमा उहाँले सभापतिमा बस्ने आधार छैन। उहाँले राजीनामा दिएर नै आफ्नो राजनीतिक व्यक्तिको सुरक्षा गर्न सक्नुहुन्छ। जबरजस्ती गर्नुभयो भने गल्ती हुन्छ।
उनले कुलिङ पिरियडमा भएको छेडखानीमा राज्यव्यवस्था समितिको सदस्यले मात्रै नभई सबै सांसदले लिनुपर्ने अवस्था आएको बताए।
‘समितिले गल्ती भयो सच्याइपाउ भनेर राष्ट्रियसभालाई चिठी लेखेको छ। समितिले त गल्ती स्वीकारेको छ। त्यसैले नैतिक जिम्मेवारी त सिङ्गो सदनमा नै सोझियो।’
उनले भने, ‘म सदस्य भएको राज्य व्यवस्था समितिले मात्र होइन । २७५ जनाले नै जिम्मेवारी लिनुपर्छ ।













