नेपाल बुद्धिजिबी परिषदले नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधानका अन्तर्वस्तुहरूमाथि गुगल सर्वेक्षण गरिरहेको छ ।
गुगल फारम मार्फत् सर्वेक्षण गरिरहेको हो । फारममा संगठनात्मक संरचनादेखि पार्टी कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) बारे समेत अभिमत लिन खोजिएको छ ।

७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने वा नहटाउने विकल्पमा पनि सर्वेक्षण गरिएको छ । केन्द्रीय कमिटीले यो दुवै व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।
तर बुद्धिजिबी परिषद्ले यी प्रस्तावहरु खुला गरेर सर्वेक्षण गरिरहेको छ । आयोजक महाधिवेशनको स्वतः प्रतिनिधि हुने वा नहुने, ३३ प्रतिशत महिला पर्याप्त छ वा छैन, पदाधिकारी संख्या कति बनाउने जस्ता विषयमा पनि सर्वेक्षण गरिरहेको छ ।













