नेकपा (एकीकृत समाजवादी) मा गत साउन २ गते समाहित भएका वामपन्थी नेता वामदेव गौतमले आफूले मागेबमोजिम संगठन विभाग प्रमुखको जिम्मेवारी नदिइएपछि दिक्दारी व्यक्त गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले त्यस्तो दिक्दारी पोखेका हुन् ।
‘संगठन विभागको प्रमुख हुँदा मैले त्यसलाई मात्रै हेरेको छैन, अरु थुप्रै काम गरेको छु । निर्माण गरेको छु । संघर्ष गरेको छु’, उनले अध्यक्ष नेपालसँग भनेको सुनाए । ‘त्यति भन्दा पनि उनीहरूले मानेनन्, अब के गरौँ, के गरौँ भा’छ’, गौतमले भने । तर, यही कारण पार्टी छाड्ने पक्षमा नरहेको गौतमले बताए ।














