काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार मन्त्रिपरिषद् पुनर्गठनबारे निर्णायक भेटवार्ता हुँदैछ। सरकारले एक वर्ष पूरा गरेसँगै प्रधानमन्त्री ओलीले कार्यसम्पादन कमजोर देखिएका मन्त्रीहरू फेर्ने तयारी गरेका हुन्।
सुरुवातदेखि नै मन्त्री फेर्न चाहेपनि कांग्रेसको असहमति रहेकाले प्रक्रिया अघि बढ्न सकेको थिएन। पछिल्लो छलफलमा कांग्रेसले गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमालेका अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङबाहेक अन्य मन्त्री फेर्न सहमति जनाएको स्रोतको दाबी छ।

शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला मन्त्री भगवती न्यौपाने भने छोटो कार्यकालका कारण यथावत् रहने सम्भावना छ।













