प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रे लिष्ट’ केही नभएको भन्दै अर्को वर्षमा ‘ग्रिन’देखिने बताएका छन्। आज राष्ट्रिय सभा बैठकमा भएकाे प्रतिवेदनमाथि छलफलमा ओलीले यस्तो बताएका हुन्।
उनले भने,‘म अर्थतन्त्रबारे मूल्यांकन गर्दिनँ,विश्व बैंक,एडिबी लगायत निकायले मूल्यांकन गरिरहेको छ। त्यसैले अरुका मूल्यांकनहरूमा केही केही कुराहरूमा भ्रमपूर्ण मूल्यांकन भएको हुनसक्छ।ग्रे लिष्ट केही होइन। हेदै जानुहोला अर्को वर्ष ग्रे से खतम हुन्छ।ग्रिन आउँछ,त्यसैले जहिले पनि आफूलाई नेगेटिभ चस्माबाट नहेरौँ।’

गत वर्षमै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) को ‘ग्रे लिष्ट’ मा परेको छ।













