नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभरी कहीँ पनि लोडसेडिङ नभएको दाबी गरेका छन् ।
विद्युत आपूर्तिमा समस्या आएको भन्दै आज चितवन आइपुगेका उनले कहिलेकाँही आउने प्राविधिक समस्यालाई लिएर कुप्रचार गरिएको दाबी गरे ।

पत्रकारसँग कुरा गर्दै शाक्यले बढ्दो गर्मी, पानी नपरेको कारणले अहिले भएको विद्युत सञ्जालले लोड थाम्न नसकेर लाइन जाने समस्या भएको तथ्यलाई गलत ढंगले व्याख्या गरेर बदनाम गराउने काम भएको बताए ।
लोडसेडिङ अब नेपालमा नहुने तर कहिलेकाँही आउने प्राविधिक समस्यालाई बुझिदिनुपर्ने उनको भनाइ छ ।













